सिटिजन लाइफद्धारा घातक रोगका बीमितलाई ३० लाख हस्तान्तरण

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी रकम वापत ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेललाई उक्त रकम प्रदान गरेकाे हाे । कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी रकम वापत ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेललाई उक्त रकम प्रदान गरेकाे हाे ।

कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाैंको गंगालाल अस्पतालमा गएका थिए ।

उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरेकाे क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए ।

कम्पनीका क्षेत्रीय प्रबन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च दिने गरी नेपालमै पहिलाेपटक कम्पनीले काम गरिरहेको बताए ।

 

 

 

Share News