ग्लोबल आईएमई बैंकले फर्ष्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा बिक्री गर्ने

<p>काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो स्वामित्वमा रहेको फर्ष्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको ८१ हजार ५०० कित्ता सेयर लिलामीमा राखेको छ । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम ३०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो । यससँगै उक्त सेयर खरिद गर्न योग्य इच्छुक संस्थापक वा अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो स्वामित्वमा रहेको फर्ष्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको ८१ हजार ५०० कित्ता सेयर लिलामीमा राखेको छ । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम ३०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो ।

यससँगै उक्त सेयर खरिद गर्न योग्य इच्छुक संस्थापक वा अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् । उनीहरुले आगामी २०७८ बैशाख २६ गते बैंकिङ्ग समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने हुन्छ ।

बोलपत्र आवेदन फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटलमा पाइने छ र सोहि स्थानमा बुझाउन सकिन्छ ।

दोश्रो बजारमा पछिल्लो समय संस्थाको संस्थापक सेयर प्रतिकित्ता २७५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News