सिभिल बैंकद्वारा सामुदायिक विद्यालय बनाउन सुरेन्द्र ढकाल फाउण्डेसनलाई सहयाेग

<p>काठमाडाैं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउण्डेसनलाई सामुदायिक विद्यालय निर्माणकाे लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तानतरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउण्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरे । पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा [&hellip;]</p>

काठमाडाैं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउण्डेसनलाई सामुदायिक विद्यालय निर्माणकाे लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तानतरण गरेको छ ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउण्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरे ।

पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो ।

साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् । बैंकले हालसम्म करीव ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

Share News