कोरोना कोषमा सहयोग गरेको रकम अनुमोदन गर्न जनरल इन्स्योरेन्सले बोलायो एजीएम

<p>काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी बैशाख २६ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा बोलाएको हो । सभामा कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७६र७७ को [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी बैशाख २६ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक महिलासहित २ सञ्चालकलाई नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गतेदेखि बैशाख २६ गतेसम्म बुक क्लोज हुने भएको छ ।

Share News