सर्वोत्तम सिमेन्टको नारायणघाट र हेटौंडामा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । नारायणघाट तथा हेटौंडा क्षेत्रका भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुसँग सर्वोत्तम सिमेन्टकाे &#8216;बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको&#8217; भन्ने नाराका साथ भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट सेल्स् प्रमुख ई. अभिषेक झादले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक [&hellip;]</p>

काठमाडाैं । नारायणघाट तथा हेटौंडा क्षेत्रका भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुसँग सर्वोत्तम सिमेन्टकाे ‘बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको’ भन्ने नाराका साथ भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट सेल्स् प्रमुख ई. अभिषेक झादले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम दिएका थिए ।

उक्त भेलामा नारायणघाट क्षेत्रका करिब १५० ठेकेदारहरु तथा हेटौंडा क्षेत्रका ६० ठेकेदारहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

 

Share News