मेष राशिलाई सेयरमा लाभ, वृष राशिलाई घरजग्गामा फाइदा

<p>मेष यो वर्ष मेष राशि हुनेहरूका लागि सामान्य नै रहनेछ । व्यवसायिक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ तर यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु परेपनि त्यति राम्रो नहुने र ऋण बढ्न सक्छ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने छैन । शेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनसक्छ, घर जग्गाको [&hellip;]</p>

मेष
यो वर्ष मेष राशि हुनेहरूका लागि सामान्य नै रहनेछ । व्यवसायिक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ तर यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु परेपनि त्यति राम्रो नहुने र ऋण बढ्न सक्छ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने छैन । शेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनसक्छ, घर जग्गाको कारोबारमा भने विवाद बढ्न सक्छ, सजग रहनु पर्छ ।

वृष
यो वर्ष आर्थिक दृष्टिले कमजोर रहनसक्छ, त्यसैले ठूलो महत्त्वाकाङ्क्षा नलिनू र धैर्य गर्नु नै उपयुक्त हुनेछ । यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभलिन नसकिएला । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा निर्माण र पर्यटकीय क्षेत्रको लगानी फलदाई हुनेछ । वाहन तथा दलाली व्यवसायीलाई मनग्य फाइदा होला । शेयर बजारमा लगानी गर्नेहरू चैं सचेत रहनुपर्छ ।

मिथुन
यो वर्ष मिथुन राशिका जातकका लागि शुभ फलदायी नै रहनेछ । नयाँ जागिरको अवसर मिल्नेछ । वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रो सफलता मिल्नेछ । घरजग्गाको कारोबारबाट दीर्घकालीन फाइदा हुनेछ । स्वास्थ्य व्यवसायबाट प्रसस्त फाइदा मिल्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर शेयर बजार र धातु जन्य व्यवसायबाट नोक्सानी हुन सक्छ ।

कर्कट
कर्कट राशि भएका व्यक्तिहरू का लागि व्यावसायिक दृष्टिले यस वर्ष उत्कृष्ट फल मिल्नेछ । नयाँ लगानीको अवसर र नयाँ व्यक्तिसँग व्यवसाय सुरु गर्न सकिनेछ । शेयर बजार भित्र पनि बीमा क्षेत्रमा गरेको लगानीले बढी सफलता दिलाउनेछ । तर जग्गा जमिन र मेसिनरी वस्तुमा गरेको लगानीले सफलता नदिन सक्छ । नगद सापटी पनि नगरेकै राम्रो हुनेछ । सामूहिक लगानी वा व्यवसाय पनि खासै राम्रो हुनेछैन ।

सिंह
सिंह राशि हुनेहरूको लागि यो वर्ष रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । व्यावसायिक दृष्टिले यो वर्ष निकै राम्रो रहनसक्छ । इलेक्ट्रोनिक र शिक्षाक्षेत्रको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ, तर जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजारमा पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले जेठ र माघ महिना बढी सकारात्मक हुनसक्छ ।

कन्या
यो वर्ष चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन आउनसक्छ, तर केतुको प्रभावले धनलाभ र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । पहिरन, स्टेसनरी, प्रेस, तथा स्वस्थ व्यवसायीलाई राम्रो फाइदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा उल्झन र नोक्सानी पनि हुनसक्छ । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्छ, अतस् विचार पुर्याउनु पर्नेछ ।

तुला
तुला राशिकालाई यो वर्ष आर्थिक हिसाबले सामान्य उतारचढाव रहन सक्छ । आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य समेत हुनेछ, तर अढैया शनि, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानशीक चिन्ता र ईज्जत प्रतिष्ठामा ह्रास आउनसक्छ । शेयर बजार र वित्तीय संस्थामा गरिएको लगानि मौलाउनेछ भने धातु र स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाईनेछैन ।

वृश्चिक
वृश्चिक राशिका जातकहरूका लागि व्यापारीक दृष्टिले यो वर्ष सोचे अनुसार राम्रै रहनेछ । मनमा चिन्ता बढे पनि मान सम्मान पाईनेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । पशु, कृषि, घरजग्गा, शृंगार र शेय रबजार अन्तर्गत वित्तीय संस्थाबाट बढी सफलता मिल्नेछ । तरल पदार्थ र खाद्यान्नको कारोवारमा मन्दि आउनसक्छ ।

धनु
धनु राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । यसवर्ष व्यापार व्यवसायमा मानसिक चिन्ता बढेपनि लाभ नै मिल्नेछ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयरबजार, हार्डवेयर र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाईनेछ । खाद्य पदार्थको लगानीबाट त्यति फलदाई नहोला । आर्थिक दृष्टिले जेठ, असोज, कार्तिक र फाल्गुन माहिना बढी राम्रो रहनेछ ।

मकर
यो वर्ष शुभ रहनेछ यश, कृति, लाभ, विजय हुने र आफन्तको सहयोग मिल्नेछ । राहु र शनिको साढेसातीको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढीलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ । यो वर्ष एजेन्ट, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत विमा र बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । ठेक्कापट्टा र सेवामुलक व्यावसायबाट बढी सफलता पाईनेछ ।

कुम्भ
यो वर्ष नयाँ, शुभ र मङ्गल कार्यको आयोजना हुनेछ । रोकिएका कामहरू सहजै अघि बढ्नेछ । व्यापार र व्यवसायबाट लाभ नै मिल्नेछ । प्राविधिक, फैंसी र सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत विमा र हाईट्रोको क्षेत्र बढी राम्रो रहला । यो वर्ष नयाँ रोजगार पाईने र ठाउँ परिवर्तनको योग रहेको छ । आफ्नो पेशाबाट राम्रो फाइदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् ।

मीन
यो वर्ष आर्थिक पक्ष सबल र शुभदायी नै रहनेछ रहने देखिन्छ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ भने उधारो र पूरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयरको कारोबार भने सूझ बुझमा भर पर्छ । स्वास्थ्य तथा हार्डवेयरको व्यवसाय फस्टाउनेछ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ ।

Share News