काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ११७५ रुपैयाँबाटै शुरु हुने छ ।
यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १२५७ रुपैयाँमा किनबेच भएको थियो ।
आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न साे दिन सभा बाेलाएकाे हाे ।
सम्बन्धित समाचार