काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बैशाख ५ गते) नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत अर्थात १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको पनि १३.५० प्रतिशत अर्थात ४३ लाख ७२ हजार २३० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यससँगै यी दुई कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा हुने छ । र, केही दिनमा दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।