धितोपत्र बोर्डले ९ वटा योग्य संस्थागत लगानीकर्ता थप्यो, बुक विल्डिङका लागि अब ८३ कम्पनी योग्य

<p>काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले ९ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । बोर्डले पछिल्लो समय सिद्धार्थ फाइनान्स, जय गणेश इन्भेष्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स,मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेपाल बैंकलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले ९ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ ।

बोर्डले पछिल्लो समय सिद्धार्थ फाइनान्स, जय गणेश इन्भेष्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स,मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेपाल बैंकलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ ।

बोर्डले नयाँ ९ योग्य संस्थागत लगानीकर्ता थपेपछि यस्ता लगानीकर्ताको संख्या ८३ पुगेको छ । सुरुमा बोर्डले संस्थागत लगानीकर्तासँग आवेदन आव्हान गरेर सो आवेदनका आधारमा योग्य संस्थागत लगानीकर्ताको स्वीकृति दिएको थियो ।

बोर्डले गरेको आव्हान अनुसार ६२ संस्थाले आवेदन दिएका थिए । यीमध्ये बोर्डले गत २२ पुसमा ४६ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको थियो ।

बोर्डले २० माघमा थप १८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको थियो भने २५ फागुनमा १० संस्था योग्य संस्थागत लगानीकर्ताको मान्यता पाउन सफल भएका थिए । अहिले थपिएका ९ संस्थासमेत गरी योग्य संस्थागत लगानीकर्ताको संख्या ८३ पुगेको हो ।

के हो योग्य संस्थागत लगानीकर्ता भनेको ?

बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ ।

कुन कुन कम्पनी याेग्य ?
[pdf id=269336]

Share News