स्पर्शलाई प्राप्ती गरेको ग्लोबल आईएमई लघुवित्तले बैशाख ८ गतेदेखि एकीकृत कारोबार गर्ने

<p>काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गर्ने भएको छ । प्राप्ती पश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट बैशाख ८ गते बुधबारबाट एकिकृत कारोबार शुरु हुने भएको हो । यससँगै साविकका दुबै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गर्ने भएको छ । प्राप्ती पश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट बैशाख ८ गते बुधबारबाट एकिकृत कारोबार शुरु हुने भएको हो ।

यससँगै साविकका दुबै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने छ ।

लघुवित्तले गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २६ विजयपुर अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको हो । उक्त संस्था प्राप्तिपश्चात संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गई व्यवसाय कारोबार वृद्धि गर्न सकिने, ग्राहकलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भई संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने संस्थाले जनाएको छ ।

त्यस्तै, प्राप्तिसम्बन्धी प्रक्रियाको लागि स्पर्श लघुवित्तको सेयर कारोबार गत असोज २१ गते बुधबारबाट रोक्का राखिएको थियो ।

Share News