टी-२० सिरिजकाे तेस्राे खेलमा नेपालकाे जित, ९ विकेटले मलेसिया पराजित

<p>काठमाडाैं । साेमबार भएकाे त्रिकाेणान्तमक टी-२० सिरिजकाे तेस्राे खेलमा नेपालले जितेकाे छ । नेपालले मलेसियालाई ९ विकेटले जितेकाे हाे । राजधानीमा जारी टी-२० सिरिजमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गरेकाे हाे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदल्यान्ङ्सलाई ९ विकेटले पराजित गरेको थियो भने आइतबार भएको [&hellip;]</p>

काठमाडाैं । साेमबार भएकाे त्रिकाेणान्तमक टी-२० सिरिजकाे तेस्राे खेलमा नेपालले जितेकाे छ । नेपालले मलेसियालाई ९ विकेटले जितेकाे हाे ।

राजधानीमा जारी टी-२० सिरिजमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गरेकाे हाे ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदल्यान्ङ्सलाई ९ विकेटले पराजित गरेको थियो भने आइतबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो ।

बुधबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

Share News