काठमाडौं । अर्ना बियर लण्डन बिय प्रतियोगिताको विजेता बनेको छ । संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७, २०२१ मा आयोजित “लण्डन वियर कम्पिटिशन २०२१” मा अर्ना वियर विजेता बनेको हो ।
यो विश्व वियर उद्योगमा सर्बोच्च मान्यता प्राप्त प्रतियोगिता हो । यस्तै, यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्नाबियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ ।
यो सँगै अर्नाबियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ । लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको बिभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए ।
लण्डन वियर प्रतिष्पर्धाले गुणस्तर, उत्पादन क्षमता प्राविधिक विशेषज्ञता,एवम उपभोक्तातथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।
अर्ना (८)ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरि रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको छ ।