काठमाडाैं । रिलायबल लाइफ इन्स्याेरेन्सले ४ कराेड दाबी बीमा रकम भुक्तानी गरेकाे छ । कम्पनीले सुलभ जिवन बीमा दाबी भुक्तानी बापतको ४ कराेड रुपैयाँ स्व. हरि पन्तकी श्रीमति परु देवी पन्तलाई हस्तान्तरण गरेकाे हाे ।
कञ्चनपुरका स्व. हरी पन्तले २०७६ साल असोजमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमाकाे पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भएकाे थियाे ।
बीमा समितीका अध्यक्ष सुर्य बहादुर सिलवालले पन्तकी श्रीमतिलाई उक्त रकम बराबारकाे चेक हस्तान्तरण गरेका थिए ।