मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धी र चुनौति नै एनपीएल घटाउन सक्नु हो

<p>काठमाडाैं । २०६७ साल मंसिर १० गते स्थापना भएको सिभिल बैंकले आजसम्म करिब साढे १० वर्षको अवधि पार गरिसकेको छ । बैंक सञ्चालनमा आएको दुई वर्षपछि अर्थात २०६९ साल असोज २१ गतेबाट यो बैंकमा जोडिएँ । र, मैले डेपुटी चिफ एक्जिक्युटिभ अफिसर(उप प्रमुख कार्यकारी अधिकृत) को रुपमा कार्यकाल शुरु गरेँ । आजको दिनसम्म आईपुग्दा मैले झण्डै [&hellip;]</p>

काठमाडाैं । २०६७ साल मंसिर १० गते स्थापना भएको सिभिल बैंकले आजसम्म करिब साढे १० वर्षको अवधि पार गरिसकेको छ । बैंक सञ्चालनमा आएको दुई वर्षपछि अर्थात २०६९ साल असोज २१ गतेबाट यो बैंकमा जोडिएँ । र, मैले डेपुटी चिफ एक्जिक्युटिभ अफिसर(उप प्रमुख कार्यकारी अधिकृत) को रुपमा कार्यकाल शुरु गरेँ । आजको दिनसम्म आईपुग्दा मैले झण्डै साढे ८ वर्ष यो बैंकमा बिताइसकेँ ।

यो दौरानमा बैंकलाई सहयोग गर्ने विभिन्न सरोकारवालाहरु तथा मिडियाहरुलाई बैंकको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । विशेष गरेर मेरो कार्यकालको अवधिमा केही केही तलमाथि भए होलान् तर यो अवधिमा आएका विभिन्न उतारचढावालाई सामना गर्दै सिभिल बैंकलाई यहाँसम्म ल्याउन सहयोग पुर्याउने सबैप्रति आभारी रहेको छु ।

मेरो कार्यकाल साढे ८ वर्षको नै हो । तर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा २०१७ जुलाई २८ बाट नयाँ कार्यकाल शुरु गरे । हिजोको दिनमा बैंकको जिम्मेवारी बहन गर्दा बैंक कुन अवस्थामा थियो । डेपुटी सीईओको रुपमा भित्रिँदा कुन अवस्थामा थियो ? सीईओको रुपमा कार्यभार सम्हालिसके पछिको बैंकको अवस्था कस्तो थियो ? र, आजको दिनमा बैंक कुन अवस्थामा छ भन्नेमा बैंकको वित्तीय विवरणबाट सबै जानकार हुनुहुन्छ ।

यदपि, यो बैंक छोड्दै गर्दा तथा बैंकबाट बिदा लिँदै गर्दा बैंकले कहिले कति छलाङ् मार्यो । कहाँदेखि कतिसम्मको यात्रा तय गर्यो भन्नेमा छोट्करीमा जानकारी गराउन चाहान्छु ।

हामीले सँधै सबै टिम मेम्बरको योगदान बिना कुनै पनि संस्थाको प्रगति सम्भव छैन भन्ने हिसाबले टिम वोर्कलाई फोकस गर्यौं । बैंकको गार्ड, असिस्टेन्ट लेभलका स्टाफ, ब्रान्च म्यानेजर, डिपार्टमेन्ट हेडहरु, कन्ट्री हेडहरु, सिनियर एक्जिक्यिुटिभ लगायत सबैको साथ सहयोगले मात्रै बैंक यो स्थानमा पुग्न सफल भएको हो । त्यसैले हामी सँधै स्ट्रङ्गर टिमलाई महत्व दिएर त्यसपछि मात्रै बिगर ड्रिम प्राप्त गर्न सक्छौं भन्ने रणनीतिका साथ अघि बढ्यौं ।

सिभिल बैंकले केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन मर्जरको नीतिलाई अघि सार्यो । मेरो कार्यकालमा हामा मर्चेन्ट एण्ड फाइनान्स र यूनिक फाइनान्सलाई सफलताका साथ मर्ज गर्याैं ।

यही कार्याकालमा बैंकिङ्ग कारोबारको सुरक्षित र भरपर्दो बनाउन टिमिनोस सीबीएस सफ्टवेयर अपग्रेड गर्याैं । र, हाल बैंकले वर्ल्ड कै बेष्ट सेफ्टवेयर प्रयोग गरिरहेको छ ।

विगत चार वर्षको दौरानमा सिभिल बैंकले आईएसओ सर्टिफिकेसन प्राप्त गर्न सफल छ । जसले बैंकको सर्भिस क्वालिटी, कम्प्लायन्स क्वालिटी, गभर्नेन्सको क्वालिटी र विशेष गरी बैंकको अपरेसनल म्यानेजमेन्ट कसरी गाईडेड छ अथवा कति इफिसेन्ट र क्वालिटेटिभ छ भन्ने जनाउँछ ।

हामीले कर्पोरेट कल्चरमा एकदमै फोकस गर्यौं । जसले गर्दा अहिले कस्टुमरको सर्भिसको साइडमा कम्पेलनहरु लगभग जिरो छ । जुन कस्टोमर सेन्ट्रिक कर्पोरेट कल्चरको इम्प्याक्ट हो । टीम बोन्डिङ् पनि राम्रो छ ।

हामीले डिजिटाइजेशनमा पनि अफिस अटोमेसनमा प्रमुख फोकस गर्यौं । दुई वर्ष अगाडि ४० करोड लोन, ४४ अर्ब रुपैयाँको डिपोजिट पोर्टफोलियो हुँदा करिब करिब डेढलाख ग्राहक हुँदा एक हजार १९ जना स्टाफ थिए । विगत दुई वर्षदेखि अफिस अटोमेसनमा प्रोगेस गरेर अहिले हामीसँग जम्मा ९५३ जना बैंकिङ्ग स्टाफ हुनुहुन्छ । र, हाम्रो लोन पोर्टफोलियो बढेर साढे ८२ अर्ब रुपैयाँ र डिपोजिटमा साढे ८८ अर्ब रुपैयाँ पुगिसकेको छ । त्यस्तै, ग्राहक संख्या डेढ लाखबाट ५ लाख बढी पुगिसकेको छ । बैंकले सर्भिस डेलिभरीमा इन्टरनल भन्दा एक्स्टरनल कस्टुमरलाई फोकस गर्यो ।

२७ वटा वाणिज्य बैंकमध्ये डिजिटल कारोबार गर्ने र धेरै क्युआरसँग इन्रोल गर्नेमा सिभिल बैंक नम्बर वान पोजिसनमा थियो । यसको मतलब बैंक डिजिटल कारोबारलाई फोकस गरेर अगाडि बढीरहेको छ ।

सिभिल बैंकलाई लर्निङ्ग संस्थाको रुपमा स्थापना गर्न सफल भएका छौं । यो सिकाईलाई निरन्तर रुपमा गर्ने छौं र प्रगतिको लेभललाई वृद्धि गर्दै जान्छौं ।

४ वर्षमा भएका प्रगतिहरु

बैंकिङ्ग शाखा ५१ बाट ११४ भयो । एउटा मात्रै एक्सेन्टसन काउन्टर रहेकोमा बढेर अहिले ८ वटा पुगेको छ । एटीएम ३६ बाट ८६ वटा पुग्यो । त्यस्तै, खाता खोल्नको संख्या एक लाख ३५ हजारबाट बढेर ५ लाख ७६ हजार नाघेको छ । डेबिट कार्ड होल्डरको संख्या ४८०० बाट बढेर एक लाख नाघेको छ । मोबाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या १५ हजारबाट बढेर २ लाख नाघेको छ । कर्मचारीको संख्या ९ सय बढी रहेको छ । त्यस्तै, हालसम्म १० हजार क्युआर मर्चेन्ट इन्रोलमेन्ट भएको छ । २०७३ को चैत मसान्तमा ३३ अर्ब ८१ करोड रुपैयाँको डिपोजिट थियो भने २०७७ चैत मसान्तमा ८७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ३५ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा अहिले बढेर ८१ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । असार २०७५ देखि ८ अर्बको क्यापिटलमा ४.०५ प्रतिशत, २०७६मा ६.५७ प्रतिशत र गएको साल ८ प्रतिशत लाभांश वितरण गरेका छौं । आगामी सालमा पनि योभन्दा बढी दिन सक्छौं भन्नेमा विश्वस्त छु ।

एनपीएल (निष्क्रिय कर्जा) ४.६६ प्रतिशतबाट निरन्तर रुपमा घटेर १.१३ प्रतिशतमा झरेको छ । यो सबैभन्दा ठूलो एचिभमेन्ट हो । ४ वर्ष अगाडि सिभिल बैंकको ग्रोथ किन भएन । बैंक एकदमै नाजुक अवस्थामा पुग्यो भन्ने बजारमा समाचार आउनु नै यो एउटा मूख्य कारण नै एनपीएल थियो । ४.६६ को एनपीएल भएपनि कुनै पनि ग्राहकले डिपोजिट नलिने । डिपोजिट नलिएपछि लोन बढाउने कुरै थिएन । त्यसैले यो एकदमै अफ्ठ्यारो स्थिति थियो । मेरो कार्यकालमा सबैभन्दा ठूलो चुनौति यो नै थियो ।

मैले कार्यभार सम्हाल्दा देखि नै बैंकमा लिक्विडिटी क्रञ्च थियो । जब तरलता क्रञ्च अलि कम भयो कोरोना माहामारी फैलियो । गएको ती वर्षको दौरानमा पुरै लिक्विडिटी क्रञ्च भयो । यो दौरानमा भद्र सहमति भयो । भद्र सहमति हुँदा नबिल बैंक, हिमालयन बैंक, इन्भेष्टमेन्ट बैंक तथा स्ट्याण्डार्ड चार्टर्ड बैंक जस्ता बैंकले जुन रेट बजारमा दिएको छ । त्यहि रेट सिभिल बैंकले पनि दिनुपर्ने अवस्था आयो । सिभिल बैंकले रेटमा ग्राहकलाई अफर गर्ने तथा उनीहरुलाई अवसर दिने ठाउँ नै पाएन । जुन एकदमै अन्याय थियो ।

बैंकले कसरी घटाउन सफल भयाे एनपीएल ?

यो स्थितिलाई पार गर्नको लागि लोनको क्रेडिट कल्चरलाई सुधार्ने, क्रेडिटको क्वालिटीलाई सुधार्ने, रिकभरीलाई बढी फोकस गर्ने काम गर्र्यौं । बिजनेस म्यानेजरले नयाँ लोनलाई एनपीएलमा जान दिएन । रिकभरीले पुराना लोनहरु सबैलाई रिकभर गरेर धेरै सहयोग गर्यो । त्यसैगरी हाम्रो एनपीएल घट्दै आयो । र, विस्तारै कर्पोरेट डिपोजिटरहरुले पत्याउँदै गए । लकडाउन भएपछि भद्र सहमति टुटेपछि त्यसपछि बल्ल सिभिल बैंकले बजारमा खेल्ने मौका पायो । ९ महिनामा कसरी ग्रोथ भयो भन्ने लाग्ला । सिभिल बैंकका सिष्टम, बोर्ड, सबै एकदमै कम्पिटेटिभ रहेको छ भन्ने आजको बैंकको प्रगतिले जनाउँछ । बजारले जेसुकै भनेपनि बजारका कुनै पनि बैंकभन्दा सिभिल बैंकको व्यवस्थापन, बैंकको कर्मचारी, बैंकको सबै सिष्टमहरु एकदमै क्षमतावान थियो । तर बजारको कारणले गर्दा तत्कालिन अवस्थामा लिक्विडिटी क्रञ्च र भद्र सहमतिका कारणले गर्दा बैंकले चाहेको प्रोगेस गर्न पाएको थिएन । त्यसैले बजारमा एक प्रकारको नेगेटिभ प्रसेप्सन गएको थियो । जसलाई विस्तारै सजिलै सुधार गर्दै गयौं ।

बजारमा मार्केट सेयरको हिसावले पनि बैंक बटम लेभलबाट तेश्रो स्थानमा आएको छ । गत असार मसान्तसम्म एकदमै न्युन अर्थात १.७२ प्रतिशत मार्केट सेयर रहेकोमा अहिले बढेर २.२३ प्रतिशतमा आएको छ ।

यो पछिल्लो नौं महिनाको ग्रोथमा प्रसेन्टाइल फिगरमा नम्बर वान रहेको छ । र, एब्सुलुट फिगरमा पनि नम्बर ७ देखि १० को रेञ्जमा छौं । यो एकदमै म्यासिभ इम्प्रिुभमेन्ट हो ।

अन्ततः यो बैंकबाट जाँदै गर्दा मैले मेरो टिमप्रति, मेरो व्यवस्थापक टिमप्रति मैले गर्वका गर्ने ठाउँ रहेको छ ।

(सीईओ गुरुङ्गले बिहीबार बैंकको एक कार्यक्रममा राखेका मन्तब्यको अंश)

Share News