बीमा कम्पनीलाई समितिको पत्रः कोरोनाको संक्रमण भयानक छ, सतर्कता अपनाएर काम गर्नुहोला

<p>काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट सजग हुने बीमा समितिले आग्रह गरेको छ । समितिले बिहीबार एक परिपत्र जारी गर्दै विभिन्न बीमा कम्पनीहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो । समितिले कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्दै गएकोले सजग तथा सतर्कता अपनाएर काम गर्न परिपत्र गरेको हो । समितिले गरेको परिपत्रमा प्रत्यक्ष [&hellip;]</p>

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट सजग हुने बीमा समितिले आग्रह गरेको छ । समितिले बिहीबार एक परिपत्र जारी गर्दै विभिन्न बीमा कम्पनीहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

समितिले कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्दै गएकोले सजग तथा सतर्कता अपनाएर काम गर्न परिपत्र गरेको हो ।

समितिले गरेको परिपत्रमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न आग्रह गरेको छ ।

यस्तै, भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउने, सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गराउने,बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम÷भचुर्अल माध्यमबाट संचालन गर्न आग्रह गरेको हो ।

परिपत्रमा बीमकमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउने, कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण शंका लागेमा तुरुन्त परिक्षण गरी संक्रमण देखिएको कर्मचारीलाई आइसोलेसन गर्ने र क्न्टा्याक्ट टेष्टमा परेकालाई आवश्यक आइसोलेसनको व्यवस्था गर्न समेत समितिले आग्रह गरेको छ ।

Share News