काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले यस अवसरमा आफुहरुलाई जिवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय श्री बिमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिस्टार कार्यालय, संचालक समिति, शेयरधनी ,कर्मचारी लगाएत सम्पुर्ण देशवासीमा आभार प्रकट गरेकाे छ ।
साथै कम्पनीले आगामी दिनहरुमा आफ्ना सेवाहरुलाई अझ सरल, मर्यादित,तथा विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।