आईएमई जनरलले पानीपोखरीमा आफ्नै भवन बनाउने, सीईओ भन्छन्- छिट्टै पाँचौं स्थानमा स्थापित हुन्छौं

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले पानीपोखरीमा आफ्नै भवन बनाउने भएको छ । बैशाख १२ गते बसेको सभाको निर्देशनसँगै कम्पनीले निकट भविष्यमानै पानीपोखरी स्थित मूख्य सडकमा जोडिएको जग्गामा भबन निर्माणको कार्य अगाडी बढाउने भएको हो । सो प्रयोजनको लागि कम्पनीले उक्त स्थानमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको छ । त्यसैगरी [&hellip;]</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले पानीपोखरीमा आफ्नै भवन बनाउने भएको छ । बैशाख १२ गते बसेको सभाको निर्देशनसँगै कम्पनीले निकट भविष्यमानै पानीपोखरी स्थित मूख्य सडकमा जोडिएको जग्गामा भबन निर्माणको कार्य अगाडी बढाउने भएको हो ।

सो प्रयोजनको लागि कम्पनीले उक्त स्थानमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको छ ।

त्यसैगरी सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । त्यस्तै, यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने उनले प्रतिवद्धता गरे ।

साथै, लगानीकर्ताको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको र कम्पनीले क्रमश आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमानै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि सीईओ श्रेष्ठले जानकारी गराए ।

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा मिति २०७८ साल बैशाख १२ गते आइतबार सम्पन्न भयो । विश्वव्यापि रुपमा फैलिरहेको कोभिड(१९ को दोश्रो लहरको कारणले गर्दा कम्पनीले अनलाईन रुपमा नै सभा सञ्चालन गरी सम्पन्न गरेको हो ।

कम्पनीका अध्यक्ष हेम राज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको बताए । साथै, उनले हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताए ।
हाल कूल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यवसाय र मुनाफामा पनि क्रमश वृद्धि हुने अध्यक्ष ढकालको विश्वास छ ।

आईएमई इन्स्योरेन्सले पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकको संख्यामा वृद्धि गरी अगाडी बढ्ने कम्पनीको लक्ष्य रहेको छ ।

बीमाको पहुंचलाई देशको सबै क्षेत्रमा पुर्याउने हेतुले कम्पनीले ७ वटै प्रदेशबाट ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुंच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको जानकारी गराए । आगामी दिनहरुमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको । आ.ब. २०७५/७६ मा १ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको तुलनामा कम्पनीको बीमा शुल्क १०.४५ प्रतिशतले वृद्धि भएको छ । चालु आ.ब.को चैत मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको कम्पनीका अध्यक्ष ढकालले जानकारी गराए ।

सीईओ श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पुर्याउनको लागि ७ वटै प्रदेशहरुमा शाखा विस्तार गरेको पनि जानकारी गराए ।

सम्बन्धित समाचार

आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद दुबै पारित

 

Share News