४५ मिनेट नबित्दै ५५ अंकले घट्यो नेप्से, म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे

<p>काठमाडौं । सोमबारकोे बजार खुलेको पौने घण्टामै नेप्से परिसूचक ५५ अंकले बढीले घटेको छ । दिउँसो ११ बजेर ४३ मिनेट जाँदा परिसूचक ५५.०९ अंकले घटेर २५१७.११ बिन्दुमा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१४ प्रतिशतले घटेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९ अंकले घटेर ४५५ बिन्दुमा झरेको छ । यो समाचार तयार पार्दासम्म बजारमा [&hellip;]</p>

काठमाडौं । सोमबारकोे बजार खुलेको पौने घण्टामै नेप्से परिसूचक ५५ अंकले बढीले घटेको छ । दिउँसो ११ बजेर ४३ मिनेट जाँदा परिसूचक ५५.०९ अंकले घटेर २५१७.११ बिन्दुमा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१४ प्रतिशतले घटेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९ अंकले घटेर ४५५ बिन्दुमा झरेको छ ।

यो समाचार तयार पार्दासम्म बजारमा ७६ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म १९७ कम्पनीको १२ लाख ६५ हजार ८९२ कित्ता सेयर खरिद बिक्री भइसकेको छ ।

त्यस्तै, म्युचुअल फण्ड बाहेक काराेबारमा अाएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४०५ अंकले घटेकाे छ ।

Share News