काठमाडौं । सोमबार उच्च गिरावट देखिएको बजारमा पनि २ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार खुलेको एक घण्टा नबित्दै दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यो अवधिसम्म विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
जसमध्ये विशाल बजार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य ३४८ रुपैयाँले बढेर प्रतिकित्ता ३८३२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, महिला लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य २१३ रुपैयाँले बढेर प्रतिकित्ता २३४९ रुपैयाँमा कारोबार भएको छ ।
यो समाचार तयार पार्दासम्म यूनाईटेड ईदी मर्दी आर बी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । संस्थाको सेयर मूल्य ७.०२ प्रतिशतले घटेर प्रतिकित्ता २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।