काठमाडौं । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरिजले स्वच्छ हिमालय कार्यक्रम २०२१ मा नेपाली सेनासँग साझेदारीको गर्ने भएकाे छ ।
यस ऐतिहासिक हिमालय सफाइ अभियानमा नेपाली सेनासँग सहकार्य गर्न पाउँदा निकै गर्व लागेकाे कम्पनीले जनाएकाे छ ।
यो सफाइ कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरी, पुमोरि, अमादब्लम र सबैभन्दा महत्वपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरहरु र त्यसको सेरोफेरोहरुको सरसफाई गर्ने लक्ष्य राखेको छ ।
यस अभियानको थालनी ११ अप्रिल २०२१ बाट भएर ५ जुन, २०२१–विश्व वातावरण दिवसको दिनसम्म कायम रही सोही दिन समापन गरिनेछ ।
यसले सबै ६ वटा हिमालयहरुमा फ्याँकिएका करिब ७० हजार केजी तौल बराबरका उपयोगविहीन उपकरणहरु, खाद्यान्न सामग्रीका भाँडाहरु, पालहरु, तथा क्यानहरुका फोहरहरु संकलन गर्ने र त्यसलाई काठमाडौंमा पु¥याउने लक्ष्य राखेको छ, जहाँ फोहरहरु वर्गिकृत गरिनेछ र सोही अनुरुप व्यवस्थित गरिनेछ ।