सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र जारी गर्न पायो अनुमति, जेठभित्रै खुला गर्ने

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १० वर्ष अवधिको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” ऋणपत्र निश्कासनको लागि अनुमति दिएको हो । यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १० वर्ष अवधिको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” ऋणपत्र निश्कासनको लागि अनुमति दिएको हो ।

यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्काशनको तयारी गरेको छ ।

उक्त ७५ करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र (सोमध्ये ५ प्रतिशत अर्थात १५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ ।

ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउने जानकारी गराएकाे छ ।

बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

बैंकले हाल ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

Share News