काठमाडौं । निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनीले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । कम्पनीले बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिने अवसर खुलाएकाे हाे ।
उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । जसमा अभिकर्ता बन्न इच्छुकले बैशाख १७ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्ने छन् । उनीहरूले [email protected] मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले व्यवस्था मिलाएको छ ।
कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो । यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिनेछ ।