लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

<p>काठमाडौं । प्रभु इन्स्योरेन्सले आगामी जेठ ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा सभा बोलाएको हो । सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्सले आगामी जेठ ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा सभा बोलाएको हो ।

सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ पुग्ने छ ।

सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख २६ गतेदेखि बुक क्लोज हुने भएको छ ।

Share News