शुक्रबार ९०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । शुक्रबार सुनको मूल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी [&hellip;]</p>

काठमाडौं । शुक्रबार सुनको मूल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, महासंघको अनुसार आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा किन बचेभएको थियो ।

Share News