काठमाडौं । युनाईटेड फाइनान्सको बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रकृया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो ।
नबिल बैंकले संस्थालाई प्राप्ति गर्नको लागि गत बैशाख १७ गते शुक्रबार प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा नबिल बैंकको तर्फबाट मर्जर/प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर/प्राप्ति कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका हुन् ।
उक्त प्राप्ति गर्ने प्रकृया पुरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।
सम्बन्धित समाचार
नबिल बैंकले रोज्यो यूनाइटेड फाइनान्सलाई, प्राप्तिका लागि भयो सम्झौता