यसकारण स्थगित भयो बेष्ट फाइनान्सको साधारणसभा

<p>काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । अगामी बैशाख ३१ गते बस्ने भनिएको संस्थाको २४औं वार्षिक साधारणसभा स्थगित भएको हो । बैंशाख १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बैशाख ३१ गतेको सभा स्थगित गर्ने निर्णय गरेको हो । बैठकले कोभिड-१९ को नयाँ संक्रमणको कारण नेपाल सरकारबाट निषेधाज्ञा जारी गरेको [&hellip;]</p>

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । अगामी बैशाख ३१ गते बस्ने भनिएको संस्थाको २४औं वार्षिक साधारणसभा स्थगित भएको हो ।

बैंशाख १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बैशाख ३१ गतेको सभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले कोभिड-१९ को नयाँ संक्रमणको कारण नेपाल सरकारबाट निषेधाज्ञा जारी गरेको अवस्था र यो विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त सभा स्थगित गरेको जनाएको छ ।

साथै, अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मको लागि बैशाख ३१ गते काठमाडौंको कमलादीमा हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको संस्थाले जानकारी गराएको छ ।

Share News