एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । मंगलबार एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीकाे २.८५ प्रतिशत अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे हो । यससँगै कम्पनीको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि मिल्ने छ । २०७७ पुस १६ गते बसेको [&hellip;]</p>

काठमाडौं । मंगलबार एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीकाे २.८५ प्रतिशत अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे हो ।

यससँगै कम्पनीको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि मिल्ने छ ।

२०७७ पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र कर बापत ०.१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । जसलाई २०७७ माघ २५ गते सम्पन्न संस्थाकाे वार्षिक साधारणसभाले पारित गरेकाे हाे ।

यससँगै, २.८५ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ नाघेकाे छ ।

Share News