रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ९१ करोड नाघ्यो

<p>काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । संस्थाको ११औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

संस्थाको ११औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।

यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघेको छ ।

Share News