मध्य भोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न मिल्ने, यस्तो छ प्रकृया

<p>काठमाडौं ।  मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बिक्री प्रबन्धकले उक्त व्यवस्था मिलाएकाे हाे । यससँगै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरिएकाे उक्त [&hellip;]</p>

काठमाडौं ।  मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बिक्री प्रबन्धकले उक्त व्यवस्था मिलाएकाे हाे ।

यससँगै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरिएकाे उक्त आईपीओमा आजदेखि आइएमई पेबाटै आवेदन दिन सकिने भएकाे छ ।

आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले मात्रै आइएमई पे मार्फत आवेदन दिन सक्ने छन् । अन्यलाई आवेदककाे लागि भने अर्को व्यवस्था गरिने सीईओ ढकालले बताए ।

यस्तो छ प्रकृया

यसरी आइएमई पेबाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पुरा गर्नुपर्ने हुन्छ । तपाईंले पहिलोपटक आइएमई पे प्रयोग गर्दै हुनुहुन्छ यदि भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ । तपाईंको कारोबारको सुरक्षा र गोपनीयाताका लागि तपाईंको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत तपाईंसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ । यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवासी) फारम भनिन्छ ।

त्यसपछि तपाइँ एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नुहुनेछ त्यहाँ तपाईंले ‘आइपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि आइपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भर्नुहोस् र त्यसलाई एकपटक रूजु गरी आफ्नो पीन कोड थिच्नुहोस् । यसरी तपाईंले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्नुहुनेछ । यसरी आईपीओ भर्दा तपाईंलाई कुनै अतिरिक्त सेवा शूल्क लाग्ने छैन ।

मध्य भोटेकोशीले बैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपीओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपीओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपीओमा आवेदन दिन सकिने छ ।

Share News