काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबारदेखि कोरोना भाइरसको विषयमा जानकारी दिने भएको छ ।
कम्पनीले काठमाडौं मेडिकल कलेजका डा सुभाष पन्त मार्फत बैशाख २८ गतेसम्म हरेक साँझ ८ देखि ९ बजेसम्म सर्वसाधरणलाई कोरोना भाइरस सम्बन्धि जानकारी दिन कार्यक्रम संचालन गर्ने भएको हो ।
उक्त कार्यक्रम मार्फत कम्पनीले रोगको सम्बन्धी सावधानी, जोखिम संक्रमण नियन्त्रणका उपायहरुको बारेमा जानकारी दिनेछ ।
उक्त कार्यक्रममा सर्वसाधरणहरु जुम मार्फत र कम्पनीको फेसबुक मार्फत जोडिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारयण बाबु लोहनीले बताएका छन् ।