काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने भएका छन् ।एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएसँगैं अब सम्पूर्ण भुक्तानीहरु एनआइसि एसिया बैंकमा रहेको खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेछ ।
योसँगैं एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ ।
यसरी एनपिआईमा रहेका कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिउस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ ।
एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिलेदेखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्थापछि कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।
एसियन लाईफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आवद्ध भैसकेका छन् । एनिपआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आवद्ध छन् ।
१४ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा एसियन लाईफले आफ्ना १४६ शाखाहरु तथा ९३ हजार भन्दा बढी एजेन्टहरु मार्फत ५ लाख ६८ हजार भन्दा बढी बीमा कर्ताहरुलाई बीमा सम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ ।