९ महिनामा जनरल इन्स्योरेन्सको नाफा १०७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

<p>काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १०७.४८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा कम्पनीले १६ करोड ६३ लाख [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १०७.४८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

समिक्षा अवधिमा कम्पनीले १६ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.१० प्रतिशतले घटेको छ । कम्पनीले गत आवको चैत मसान्तसम्म १९ करोड ५० लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ८ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ५६ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ८.४९ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि बढेर ११७.०७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १९ करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । जुन गत वर्षको तुलनामा ८२ प्रतिशतले बढी हो । साथै, कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ दावी रकम भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

Share News