काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा प्राइम कमर्शियल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बैशाख २७ गते) प्राइम कमर्शियल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंकको बोनस सेयर एकैदिन नेप्सेमा सुचीकृत भएको हो ।
जसमध्ये प्राइम बैंकको १५ प्रतिशत अर्थात २ करोड ९ लाख ७७ हजार ८७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, गणपति लघुवित्तको पनि १५ प्रतिशत अर्थात १ लाख ६६ हजार ११७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, सहारा विकास बैंकको भने २३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १ लाख ६७ हजार ८८८ कित्ता बोनस सेयर सोमबार नेप्सेमा थपिएको हो ।
यससँगै, यी तीन वटै संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।