नेपाल इन्स्योरेन्सको खुद नाफा र बीमाशुल्क दुबैमा वृद्धि

<p>काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १७ करोड रुपैयाँ बढी नाफा कमाएको छ । समिक्षा अवधिमा कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १७ करोड रुपैयाँ बढी नाफा कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा ४३ करोड १ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छछ ।

साथै, कम्पनीले चालुु आवको पहिलो ९ महिनामा १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

Share News