एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज बैंशाख २९ गते एकैदिन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा [&hellip;]</p>

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज बैंशाख २९ गते एकैदिन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८ रुपैयाँ रहेको थियो ।

त्यस्तै, अपि पावरको २९.३८ प्रतिशत हकप्रद सेयर पश्चात मूल्य समायोजन भएको छ । पछिल्लो बजारमा प्रतिकित्ता ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ कायम भएको छ ।

Share News