२९ अर्ब बढीको धितोपत्र जारी गर्न बोर्डको अनुमति, ३ खर्ब १८ अर्ब रुपैयाँको सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल धिताेपत्र बाेर्डले चालु आर्थिक वर्ष २०७७/७८ काे पहिलाे ९ महिनामा कुल २९ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएकाे छ । बाेर्डले गत चैत मसान्तसम्ममा विभिन्न कम्पनीलाई साधारण सेयर (आईपीओ), डिबेन्चर, म्युचुअल फण्ड र हकप्रद गरी साे मात्राकाे  धितोपत्र निष्काशन गर्न अनुमति दिएकाे हाे । समीक्षा अवधिमा बाेर्डले ११ अर्ब ५९ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल धिताेपत्र बाेर्डले चालु आर्थिक वर्ष २०७७/७८ काे पहिलाे ९ महिनामा कुल २९ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएकाे छ । बाेर्डले गत चैत मसान्तसम्ममा विभिन्न कम्पनीलाई साधारण सेयर (आईपीओ), डिबेन्चर, म्युचुअल फण्ड र हकप्रद गरी साे मात्राकाे  धितोपत्र निष्काशन गर्न अनुमति दिएकाे हाे ।

समीक्षा अवधिमा बाेर्डले ११ अर्ब ५९ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), ११ अर्ब ८४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ३० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २९ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको हाे ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोड रुपैयाँ बराबरको साधारण सेयर, ३८ अर्ब ११ करोड रुपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२०७६ चैत मसान्तमा १२५१.५ रहेको नेप्से सूचकाङ्क २०७७ चैत मसान्तमा २७१४.८ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । २०७७ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

२०७७ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३८ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६९.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ७.९ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ चैतसम्ममा सूचीकृत ५ अर्ब ६७ करोड शेयरको चुक्ता मूल्य ५५७ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

 

 

 

Share News