शिखर इन्स्योरेन्सको खुद नाफा १० प्रतिशतले बढ्यो, खुद बीमाशुल्क एक अर्ब माथि

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३२ करोड ९५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ११.९७ प्रतिशतले बढेर [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३२ करोड ९५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ११.९७ प्रतिशतले बढेर एक अर्ब ८ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ९६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६८.७४ गुणा रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेकाे छ ।

चैत मसान्तसम्ममा कम्पनीले २ लाख ११ हजार ९९६ वटा बीमालेख जारी गरी २ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले १६ हजार ९१४ दाबीबापत १ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ भने ९ हजार २८६ दाबी वापत १ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

Share News