काठमाडौं । सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को भाेलि बैशाख ३१ गते बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आईपीओ बाँडफाँड भाेलि (बैशाख ३१ गते) बिहान ११ बजे अनलाइन मार्फत हुने भएकाे हाे ।
क्यापिटलका अनुसार कूल आवेदकमध्ये रितपूर्वक आवेदन दिने २ लाख ३४ हजार १९५ जनाले कम्पनीको सेयर हात पार्ने भएका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले २३ लाख ४१ हजार ९५४ कित्ता सेयर बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणमा २३ लाख ४१ हजार ९५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १०.५२ गुणा बढी आवेदन परेकाे थियाे ।
सेयरमा परेको कूल आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाले २ करोड ४६ लाख ५७ हजार ३५ कित्ता सेयरको लागि दिएको आवेदन योग्य रहेको छ भने १६ लाख ३७ हजार ६५९ कित्ता सेयरका लागि ४८ हजार ३२२ जनाले दिएका आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले गत बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा २३ लाख ४१ हजार ९५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १०.५२ गुणा बढी आवेदन परेकाे थियाे । कुल २५ लाख १८ हजार २३० कित्ता सेयरमध्ये संस्थाले म्युचुअल फण्डलाई १ लाख २५ हजार ९११ कित्ता र कर्मचारीलाई ५० हजार ३६५ कित्ता सेयर छुट्याइएकाे थियाे । र, बाँकी रहेकाे २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
(सच्याईएको)