काठमाडाैं । सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज बैशाख ३१ गते बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे अनलाइन मार्फत उक्त आईपीओ बाँडफाँड गरेकाे हाे ।
क्यापिटलका अनुसार कूल आवेदकमध्ये रितपूर्वक आवेदन दिने २ लाख ३४ हजार १९५ जनाले कम्पनीको सेयर हात पारेका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले २३ लाख ४१ हजार ९५४ कित्ता सेयर बाँडफाँड गरिएकाे छ । बाँकी रहेको ४ कित्ता सेयर १० कित्ताभन्दा बढी आवेदन दिने ४ जनाले थप १/१ कित्ताको दरले सेयर हात पारेका छन् । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ४ जना भाग्यमानीले ११ कित्ता सेयर हात पारेका छन् ।
संस्थाको आईपीओमा १७ लाख ३३ हजार ९ सय ४९ जनाले आवेदन दिएका थिए जसमध्ये १६ लाख ८५ हजार ६ सय २७ जनाको आवेदन योग्य भएको थियो । जसमध्ये ४ हजार ४४२ जनाको आवेदनहरु रद्ध भएको छ । त्यस्तै, कूल आवेदकमध्ये १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएकाे छ ।
कम्पनीले गत बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा २३ लाख ४१ हजार ९५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १०.५२ गुणा बढी आवेदन परेकाे थियाे । कुल २५ लाख १८ हजार २३० कित्ता सेयरमध्ये संस्थाले म्युचुअल फण्डलाई १ लाख २५ हजार ९११ कित्ता र कर्मचारीलाई ५० हजार ३६५ कित्ता सेयर छुट्याइएकाे थियाे । र, बाँकी रहेकाे २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
आवेदकले उक्त आईपीओको रिजल्ट मेरो सेयर र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेभसाइटबाट हेर्न पाउनेछन् ।