पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै ५ कम्पनी पुगे समिति

<p>काठमाडौं । पुनर्बीमा कम्पनी संचालनको अनुमति माग्दै ५ कम्पनीले बीमा समितिमा निवेदन दिएका छन् । समितिले तोकेको म्याद आज १२ बजेसम्ममा ५ कम्पनी दर्ता भएको हो । समितिले तोकेको समयभित्र ५ कम्पनी दर्ता भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले एउटा कम्पनीलाई मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भन्दै बैशाख १६ गते २१ [&hellip;]</p>

काठमाडौं । पुनर्बीमा कम्पनी संचालनको अनुमति माग्दै ५ कम्पनीले बीमा समितिमा निवेदन दिएका छन् । समितिले तोकेको म्याद आज १२ बजेसम्ममा ५ कम्पनी दर्ता भएको हो ।

समितिले तोकेको समयभित्र ५ कम्पनी दर्ता भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले एउटा कम्पनीलाई मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भन्दै बैशाख १६ गते २१ दिनको म्याद राखेर सार्वजनिक सुचना प्रकाशित गरेको थियो ।

समितिका अनुसार प्रुडेन्सिलय, काठमाडौं, अन्नपूर्ण, हिमालयन र जेनुइन रिइन्स्योरेन्स कम्पनीले संचालन अनुमति मागेका छन् । पुनर्बीमा कम्पनी स्थापनको लागि कम्तिमा पनि १० अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने शर्त समितिले तोकेको छ ।

सबै कम्पनीले न्यूनतम चुक्ता पुँजी पुर्याएर समितिमा निवेदन दिएका हुन् । जस्तो कि जेनुइन रिइन्स्योरेन्स कम्पनीले संस्थापकहरुको तर्फबाट ८ अर्ब ८० करोड रुपैयाँ पुँजी पुर्याएको छ । सो पुँजी कम्पनीको कुल चुक्ता पुँजीको ७० प्रतिशत हुने र बाँकी ३० प्रतिशत सर्वसाधारणमा आईपीओ जारी गर्दा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा बढी हुने देखिएको छ ।

अहिले प्राप्त भएका निवेदन सबै शिलबन्दी भएकोले कुन कुन व्यवसायिक ग्रुप वा व्यक्तिहरुले पुनर्बीमा कम्पनी स्थापनको लागि निवेदन दिए भन्ने नखुलेको समितिको भनाई छ । प्राप्त भएका निवेदनलाई अब चाढै बस्ने समितिको संचालक समितिले खोलेर आवश्यक अध्ययन गरी एउटा कम्पनीलाई संचालनको अनुमति दिने बीमा समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

पुनर्बीमा कम्पनी दर्ताको प्रस्ताव पेश गर्न ७ दिन बाँकी, अहिलेसम्म परेन प्रस्ताव, समय थपिन्छ ?

पुनर्बीमा कम्पनी एउटा मात्र थपिने, क्रस होल्डिङकाे सर्तले धेरै कम्पनी तनावमा

नेपाल पुनर्बीमा कम्पनीको विकल्प खोज्न किन तयार भए बीमा कम्पनीहरु ?

अन्नपूर्ण रिइन्स्योरेन्सको संस्थापक बन्न अधिकांश बीमा कम्पनी तयार, ‘कन्फर्म’ गर्दै बैंकहरु पनि

पुनर्बीमा कम्पनीको सौता आउँदै, ‘अफर लेटर’बारे छलफल गर्दै बीमा कम्पनीहरुको बोर्ड

१० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

पुनर्बीमा कम्पनीको प्रगतिप्रति नियामक असन्तुष्ट, विदेशी साझेदार वा विज्ञ भित्र्याउन सुझाव

Share News