प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी एक अर्ब नाघ्यो

<p>काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पाउने छन् [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, १० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका वाबजुद यस प्रभु इन्स्योरेन्सले बीमा क्षेत्रमा एक सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको बताएको छ । साथै, व्यवसाय वृद्धि, दावी भुक्तानी तथा खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेका कारण सेयरधनीलाई प्रतिफल दिन सक्षम भएको कम्पनीले बताएको छ ।

कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरी सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिएको छ ।

साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।

उक्त सभा तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो ।

Share News