काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ‘९.५ प्रतिशत एसबिएल डिबेन्चर २०८६’ (ऋणपत्र) सूचीकरण भएको हो ।
उक्त सूचीकरण सम्बन्धि बैंक र नेप्सेबीच सम्झौता भएको छ । बैंकले सर्वसाधारण समक्ष नेपाल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत् उक्त ऋणपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको उक्त ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।