आज बुधबार सेयर कारोबार बन्द

<p>काठमाडौं । आज (जेठ १२ गते) बुधबार सेयर कारोबार बन्द हुने भएको छ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औं बुद्ध जयन्तीको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको [&hellip;]</p>

काठमाडौं । आज (जेठ १२ गते) बुधबार सेयर कारोबार बन्द हुने भएको छ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औं बुद्ध जयन्तीको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो ।

बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको छ ।

साथै, भोलि (अर्थात जेठ १३ गते) बिहीबार भने नियमित रुपमा सेयर कारोबार खुल्ने छ ।

मंगलबारको नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० बिन्दुमा झरेको थियो । त्यस्तै, २१९ कम्पनीको कूल ११ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सम्बन्धित समाचार

मंगलबारको बजारमा तीव्र उतारचढाव, सर्किट लाग्नेमा सबै हाइड्रो मात्रै

Share News