सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ कायम भएको छ । यसअघि [&hellip;]</p>

काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १३५० रुपैयाँमा भएको थियो ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता ८३१ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ७९१ रुपैयाँ कायम भएको छ ।

यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।

Share News