कमोडिटी मार्केट आगामी वर्षभित्रै सञ्चालनमा ल्याउने, हटाइयो म्युचुअल फण्डको कर

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् । उनले धान, मकै, गहँ, चिया अलैची जस्ता उत्पादनलाई वस्तुविनमय कारोबारमा समावेश गरिने जनाएका छन् । साथै, सरकारले म्युचुअल फण्डको इकाई बिक्री गर्दा कर नलाग्ने पनि [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् ।

उनले धान, मकै, गहँ, चिया अलैची जस्ता उत्पादनलाई वस्तुविनमय कारोबारमा समावेश गरिने जनाएका छन् ।

साथै, सरकारले म्युचुअल फण्डको इकाई बिक्री गर्दा कर नलाग्ने पनि व्यवस्था गरेको छ । यसअघि म्युचुअल फण्डको इकाई बेच्दा म्युचुअल फण्ड सञ्चालन गर्नेको नाफामा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा दुविधा रहेको थियो । त्यसलाई स्पष्टता बनाउँदै अर्थमन्त्री पौडेलले अब आगामी वर्षदेखि कर नलाग्ने बताएका हुन् ।

Share News