काठमाडौं । सरकारले सेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याईदिएको छ । आर्थिक वर्ष २०७८/७९को आर्थिक विधेयकमार्फत सरकारले पुँजीगत लाभकरमा लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी दुई भागमा विभाजन गरेको हो ।
उक्त विधेयक मार्फत सरकारले अल्पकालीन लगानीकर्तालाई बढी अर्थात ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई कम अर्थात ५ प्रतिशत(हालकै बमाेजिम) कर लाग्ने व्यवस्था गरेको छ । हाल अल्पकालीन र दीर्घकालीन दुबै लगानीकर्तालाई ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लगाउने व्यवस्था रहेको छ ।
नयाँ व्यवस्थासँगै अल्पकालीन लगानीकर्ता अर्थात सेयर किनेकाे दिनदेखि ३ सय ६५ दिन(एक वर्ष)भित्र बिक्री गर्ने गर्ने लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ भने एक वर्षपछि सेयर बिकी गर्ने दीर्घकालीन लगानीकर्ताले हालकै जस्ताे ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने भएकाे छ ।
पुँजीबजारका लगानीकर्तालाई कस्तो लाग्यो बजेट ?
सरकारले आज अर्थात जेठ १५ गते मात्रै आर्थिक विधेयक सार्वजनिक गरेको हो ।

