काठमाडौं । राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । जेठ १६ गते बसेको कम्पनी सञ्चालक समितिले बोनस सेयरपछि १४७.५२ प्रतिशत अर्थात १ बराबर १.४७५२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्दै छ । उक्त बोनसपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । र, बोनसपछि कायम भएको चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले ९५ लाख ३५ हजार ७६० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न कम्पनीको साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । यससँगै सभाले पारित गरेपछि मात्र कम्पनीले बोनसपछि हकप्रद सेयर जारी गर्ने छ ।