हिमालयन रिले पायो पुनर्बीमा कम्पनी सञ्चालन गर्ने अनुमति

<p>काठमाडौं । बीमा समितिले हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । हिजो बसेको बीमा समिति संचालक समिति बैठकले हिमालयन रिलाई पुनर्बीमा कम्पनी संचालनको सहमति दिने निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । समितिले गत बैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरी एउटा पुनर्बीमा कम्पनी संचालनको अनुमति दिने जानकारी दिएको थियो । [&hellip;]</p>

काठमाडौं । बीमा समितिले हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । हिजो बसेको बीमा समिति संचालक समिति बैठकले हिमालयन रिलाई पुनर्बीमा कम्पनी संचालनको सहमति दिने निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

समितिले गत बैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरी एउटा पुनर्बीमा कम्पनी संचालनको अनुमति दिने जानकारी दिएको थियो । समितिको सो सूचना अनुसार ५ वटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये हिमालय रिले सहमति पाएको हो ।

हिमालयन ररि-इन्स्योरेन्सको लगानीकर्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपपका विकास दुगड, एमभि दुगड ग्रुृपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायत व्यवसायिक घराना संलग्न छन् ।

समितिले आवेदन मागेकामा हिमालयसहित प्रुडेन्सियल, अन्नपूर्ण, काठमाडौं र जेन्युइन रिले आवेदन दिएका थिए ।

सम्बन्धित समाचार

पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै ५ कम्पनी पुगे समिति

पुनर्बीमा कम्पनी दर्ताको प्रस्ताव पेश गर्न ७ दिन बाँकी, अहिलेसम्म परेन प्रस्ताव, समय थपिन्छ ?

पुनर्बीमा कम्पनी एउटा मात्र थपिने, क्रस होल्डिङकाे सर्तले धेरै कम्पनी तनावमा

नेपाल पुनर्बीमा कम्पनीको विकल्प खोज्न किन तयार भए बीमा कम्पनीहरु ?

अन्नपूर्ण रिइन्स्योरेन्सको संस्थापक बन्न अधिकांश बीमा कम्पनी तयार, ‘कन्फर्म’ गर्दै बैंकहरु पनि

पुनर्बीमा कम्पनीको सौता आउँदै, ‘अफर लेटर’बारे छलफल गर्दै बीमा कम्पनीहरुको बोर्ड

१० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

पुनर्बीमा कम्पनीको प्रगतिप्रति नियामक असन्तुष्ट, विदेशी साझेदार वा विज्ञ भित्र्याउन सुझाव

Share News