काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी-सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ । लाइफ इज टु बि लिभ्ड नर्डिक डिजाइन र बिल्ड-क्वालिटीबाट निर्मित, अल-डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११टीएम (गो एडिसन) र सुरक्षा अपडेट सबै नोकिया सी २० ले प्रदान गर्ने छ ।
प्रस्तुत गर्न सकिने तीन वटा छुट्टै स्मार्टफोन सिरिज मध्ये एकको प्रतिनिधित्व गर्दै (एक्स-सिरिज, जी-सिरिज र सी-सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँदछ । यसको अल्ट्रा-हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ ।
यो ह्यान्डसेटको साथ अविष्मरणीय पलहरु कैद
५ एम्पीको फ्रन्ट र रियर क्यामेराको साथ लो लाइटमा पनिआफ्नो प्रियजनहरुसँग अविष्मरणीय पलहरु कैद गर्न सकिन्छ । अगाडि र पछाडिको एलईडी फ्लासको मद्दतले यी महत्वपूर्ण क्षणहरुलाई बिहानदेखि बेलुकासम्म आफ्नो चित्रहरु र सेल्फीहरुलाई उज्यालो बनाउँदै क्याप्चर गर्न सकिन्छ ।
ठूलो ६.५ इन्चको एचडी प्लस स्क्रीनको साथ ३००० एमएएच ब्याट्रीको संयोजनले ब्याट्रीको चिन्ता बिना सम्पूर्ण दिन पूरा परिवारलाई नै मनोरञ्जन प्रदान गर्न सकिन्छ ।
रिलाएबिलिटी स्टान्डर्डको रुपमा
एक भरपर्दो फोनलाई यस्तो अपरेटिंग सिस्टमको आवश्यक पर्दछ जसमासधैँ भर पर्न सकिन्छ । एन्ड्रोइड ११(गो एडिसन)ले एप्लिकेशनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र शेयर गर्नको लागि छिटो र सजिलो बनाउँदछ । दुई वर्षका लागिसुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरुको साथ फोन सुरक्षित रहन्छ ।
कस्टम बिल्ड टु लास्ट र मूल्य
नर्डिक डिजाइनबाट अपेक्षा गरेको जस्तो, सी २० पातलो देखिँदैन, यो गुणस्तरिय सामग्रीबाट निर्मित छ र त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुन्छ । स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २-३२ जीबीको कन्फिगुरेशनमा नेपाली १० हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।