जब मन्त्री आफैं कृषि सामग्री कम्पनी लिमिटेडमा अनुगमन गर्न पुगिन् (फोटो फिचर)

<p>काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताउनुभएको छ । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताउनुभएको हो । मल पर्याप्त रहेको उहाँको भनाई छ । मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै [&hellip;]</p>

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताउनुभएको छ । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताउनुभएको हो ।

मल पर्याप्त रहेको उहाँको भनाई छ । मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उहाँले बताउनुभयो । हाल मल असार र साउनको निम्ति खेति लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उहाँले भदौ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै उहाँले स्टक नराख्न किसानहरुलाई आग्रह समेत गर्नुभयो ।

Share News